अन्जु पन्तको नयाँ गीत ‘जता जता दियो बाल्छु’को भिडियो सार्वजनिक

नेपाली सुगम संगीत र प्लेब्याक सिङ्गिङमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायिका अन्जु पन्तको नयाँ गीत ‘जता जता दियो बाल्छु’को भिडियो सार्वजनिक भएको छ ।

प्रकाश के.सीको शब्द रचना र सन्तोष श्रेष्ठको संगीत रहेको उक्त गीत गन्तब्य एल्बममा समावेस रहेको छ । सर्बजनिक भिडियोमा सिर्जना पौडेल र बुध्हबिर थापाको अभिनय रहेको छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाङ्कन र मिलन बिकको सम्पादन रहेको छ । मोडल सिर्जना पौडेल कै निर्देशन रहेको भिडियोलाई कामना डिजिटल प्रा.ली ले बजारमा ल्याएको हो ।