२ हिरोइन भन्दा ‘तरकारीवाली’ हिट

मरिष्का पोखरेल आधा दर्जन फिल्ममा काम गरिसकेकी अभिनेत्री । जसले प्रचारमा साथ दिदा फिल्मलाई फाइदा पुग्छ । चाँदनी शर्मा फिल्म ‘स्टूपिड मन’बाट उदाएकी अभिनेत्री । उनले पनि प्रचारमा साथ दिदा फिल्मलाई फाइदा पुग्छ होला । तर, यी दुबै अभिनेत्रीले फिल्म ‘लम्फू’को प्रचारका लागि समय दिएका छैनन् । तर, रोच कुरा के छ भने फिल्ममा विशेष भूमिकामा रहेकी कुशुम श्रेष्ठ ‘तरकारीवाली’लाई यो फिल्मको टिमले बढी पत्याएको छ ।

फिल्मको ट्रेलर रिलिजमा उनै तरकारीवाली हावी भइन् । मिडियाका प्रश्नोत्तरमा उनी नै हाबी देखिइन् । फिल्मको यो कार्यक्रममा मरिष्काले आउँदैछु भन्ने जानकारी दिइन् तर आइनन् । अर्की अभिनेत्री चाँदनी शर्मा गर्भवती भएकाले प्रचारमा देखिने संभावना छैन । यसैले, अहिले फिल्मको निर्माण टिमले तरकारीवालीलाई बढी विश्वास गरेको छ । फिल्मको प्रचारमा उनको दौडधुप खुबै छ । बोल्न जाने पनि नजाने पनि तरकारीवालीले फिल्म हेर्न दर्शकलाई आग्रह गरिरहेकी छिन् । वैशाख २८ गते फिल्म हेर्न आउँदा दर्शक निराश हुनुनपर्ने तरकारीवालीको भनाई छ । यसरि, २ अभिनेत्रीहरु फिल्ममा हुँदा पनि तरकारीवालीले सुरुबाट नै राम्रो स्पेश पाएकी छन् । आखिर, प्रचारमा तरकारीवालीलाई नै खोजिएपछि उनी २ हिरोइन भन्दा पनि हिट रहिछन् भनेर वुझ्नु परेन त ?
फोटो : गुगल