बाहुबली अभिनेत्री अनुष्काको गिफ्ट, ड्राइभरलाई कार


दक्षिण भारतीय अभिनेत्री अनुष्का सेटठी नोभेम्बर ७ बाट ३६ वर्ष लाग्दैछिन् । यसै मौका पारेर हालै उनले आफ्नो एक ड्राइभरलाइ १२ लाख मूल्य बराबरको नयाँ कार उपहार दिएकी छन्। अनुष्का सन् १९८१ मा बैंगलोरमा जन्मिएकी हुन् उनको वास्तवीक नाम स्विटी हो। पछि उनले आफ्नो नाम परिवर्तन गरिन्।

दिलदार अनुष्कासँग करिब १४० करोड भारतीय रूपयाँ बराबरको सम्पति रहेको छ। उनीसँग हैदराबादको जुब्ली हिल्समा रहेको उड्स अपार्टमेन्टमा आलिसान घर छ। उनले प्रतिफिल्म करिब ४ देखि ५ करोड भारू पारिश्रमिक बुझ्ने गरेकी छन्।

उनी विलासी गाडीकी सौखिन पनि हुन्। उनीसँग महँगा कारहरूको संग्रह नै छ। यसमा बिएमडब्लु ६, अडी ए ६, अडी क्यू ५ तथा टोयटा कोरला जस्ता गाडीहरू पर्छन्।