‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ मलेसियामा
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ मलेसियामा आयोजना हुने भएको छ । संगिक्षा फिल्मस्को आयोजनामा यस अगाडि २ वटा अवार्ड यूएइमा आयोजना भएको थियो । नेपालको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट र मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडी मलेसियाको संयुक्त आयोजनामा यो अवार्ड आयोजना हुन लागेको हो ।
आज काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा ३२ विधामा आयोजना हुन लागेको अवार्डको बारेमा जानकारी दिइयो । अवार्ड जुन महिनाको १५, १६ र १७ तारिखमध्ये एक दिन हुने आयोजकले बताएको छ । आयोजकले आधुनिक, लोक, पप, लोकदोहोरी, फिल्म समुह र आदिवासी तथा जनजाती गीत विधामा अवार्ड प्रदान गरिनेछ ।
मलेसियामा विक्रम जंग शाही र जयराम तिमिल्सिनाले अवार्डको व्यवस्थापन गर्नेछन् । कार्यक्रममा बोल्दै संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले पहिलेदेखि नै आफूहरुले मलेसियामा अवार्ड आयोजना गर्न खोजेको र तेश्रो पटक संभव भएको बताए । यस्तै, मलेसियामा अवार्डको व्यवस्थापन गर्न लागेका विक्रमजंग शाहीले यसपटक भिन्न तरिकाले अवार्ड आयोजना गर्ने बताए ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया