अनमोलको नयाँ हिरोइन प्रियंका एमभी, तस्वीरमा हेर्नुस् कति बोल्ड ?

दिपेन्द्र घिमिरे – अनमोल केसीको नयाँ फिल्म ‘क्याप्टेन’का लागि प्रियंका एमभी फाइनल भएकी छिन् । भुवन केसीले निर्माण गर्न लागेको चलचित्रमा यसअघि नै उपासना सिंह ठकुरी छानिइसकेकी छिन् । प्रियंकाले अडिसनबाटै अनमोलसँग रोमान्स गर्ने पक्का गरेकी हुन् ।
यसपटक अनमोलले एकैपटक दुई नयाँ हिरोइनसँग अनस्क्रिन रोमान्स गर्नेछन् । निर्माण पक्षले निकै लामो समय लगाएर प्रियंका एमभीलाई फाइनल गरेको हो ।

एनसेल, डिसहोम र सनब्लकको विज्ञापनमा देखिइसकेकी प्रियंका अहिले ‘क्याप्टेन’को वर्कसपमा व्यस्त छिन् । उनकी आमा नेपालकी नै हुन् भने बाबु दक्षिण भारतीय । उनी नेपालमै जन्मे हुर्केकी हुन् । प्रियंका रञ्जु भण्डारी एमभी र भाष्कर एमभी छोरी हुन् । उनले आनन्द कार्कीको सुनसान रातमा बोलको गीतमा मोडलिङ गरेकी छिन् ।

अहिले एमबीए अध्ययन गरिरहेकी उनी सामाजिक सञ्जालमा सक्रिय पनि छिन् । उनको इन्स्टामा ६ हजार फलोअर्स छन् ।
नायक अनमोल केसीले हरेक फिल्ममा नयाँ नायिकासँग काम गर्ने शैली ल्याएका छन् । त्यसका कारण निर्माताहरुलाई नयाँ नायिका छान्ने काम चुनौतिपूर्ण नै बन्छ । यसअघि अनमोलले साम्राज्ञी राज्यलक्ष्मी शाह, अदिती बुढाथोकी, आना शर्मा र सृष्टी श्रेष्ठसँग काम गरिसकेका छन् ।

यसपटक उनले क्याप्टेनमा उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग जोडी जमाउनेछन् । यो फिल्मका लागि अहिले अनमोल केसी फुटबलको तालिम लिन ब्यस्त छन् ।  फिल्ममा दिवाकर भट्टराईको निर्देशन रहेको छ ।
हेर्नुहोस प्रियंकाका  थप तस्बिर:


तस्बिर : प्रियंका एमभीको फेसबुकबाट