निर्देशक पिडित कृषा

निर्मात्री कृषा चौलागाइले फिल्म निर्देशन गर्ने तयारी गरेकी छिन् । मोडल निराजन प्रधानलाई उनले फिल्मको मुख्य हिरोको रुपमा साइन गरिन् । निर्माणमा खासै सफल हुन नसकेपछि उनी निर्देशनमा हात हाल्दैछिन् । तर, निर्मात्री कृषालाई निर्देशक पीडित भन्न सकिन्छ ।उनले निर्देशन गरेको पहिलो फिल्म ‘इन्साफ’मा निर्देशक शोभित बस्नेतले उनलाई सुटिङ सेटमै झापड हाने । यो फिल्ममा काम गर्दा उनले खुबै दुख झेलिन् ।

यस्तै, उनले अर्को फिल्म बनाइन् ‘कसम हजुरको’ । यो फिल्मको सेटमा पनि उनले निर्देशकको झापड नै भेटिन् । निर्देशक रामराजा दाहालले उनलाई कमलपोखरीको मन्दिर अगाडि कुटपिट नै गरे । त्यतीबेला कृषा र रामराजाको प्रेमको चर्चा पनि खुबै थियो । कृषाले तेश्रो फिल्म निर्माण गरिन् ‘के म तिम्रो साथी बन्न सक्छु ?’ यो फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरे । सविर र कृषाको प्रेम चर्चा पनि चल्यो । पछि, कृषाले यो फिल्म पोखराका वितरक हरि बराललाई बेचिदिइन् । चौथो फिल्म ‘पलाँस’ निर्माण गर्दा त उनले झनै हैरानी भोग्नुपर्यो । फिल्मका निर्देशक सुवास कोइरालाले काम गर्दा गर्दै फिल्म विचमै छाडिदिए । फिल्मको सबै काम कृषा आफैले सकिन् र फिल्म रिलिज गरिन् ।
यसरी, ४ वटै फिल्ममा निर्देशकबाट पीडित बनेकी कृषा कतै अब यहिकारणले त निर्देशक बन्न लागेकी होइनन् ?