वेभ सिरिज ‘ट्वान्टी फस्ट लभ’ आस्मालाई हेर्दै मक्ख सरोज

छोटो समयमा नै चर्चा बटुल्न सफल वेभ सिरिज ‘ट्वान्टी फस्ट लभ’को अर्को नयाँ शृंखला सार्बजनिक भएको छ । चर्चित नृत्य समूह कार्टुन्ज क्रिउका सरोज अधिकारी र आस्मा विश्वकर्माकाे मुख्य भूमिका रहेको सिरिज अहिले चर्चामा छ ।
छैठौँ शृंखलासम्म आइपुग्दा दर्शकबाट निकै साथ अनि माया पाएकोमा सिरिज निर्माता इश्वर गुरुङले खुसी ब्यक्त गरे । एसियन म्युजिक प्रा.लीबाट निर्मित यो सिरिजमा सरिन पोखरेलको कथा तथा निर्देशन छ भने सरोज र आश्मासँगै अनुष्का अधिकारी, संयोग गिरी, विजय अधिकारी, निशान्त सुवेदी, दृशी श्रेष्ठ,पवन शाक्य, अञ्जन शर्मा, राधा श्रेष्ठ, खगेन श्रेष्ठ, कमल अधिकारी र रश्मि भट्टको अभिनय रहेको छ ।
एसियन म्युजिक प्रा.लीबाट निर्मित यो सिरिजमा मिलन शङ्कर र ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको छ । मिलन शङ्कर र ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको छ सिरिज हरेक बिहिबार साझ ७:३० देखि ८ बजे सम्म कान्तिपुर टेलिभिजनमा प्रसारण हुन्छ भने शुक्रबार यूट्युबमा रिलिज हुँदै आएको छ ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया