मिथुनसँग अनस्क्रीन रोमान्स गर्दै आरोही

फिल्म ‘प्रेमबाणी’ निर्माण घोषणा भएको छ । मिथुन हमाल, आरोही सिंह, सुशील शाही, सन्तोष आचार्य, रोशन बिसी लगायतका कलाकारको अभिनय रहने फिल्मलाई सुशिल शाहिले निर्माण गर्न लागेका हुन भने रिवान मल्लले निर्देशन गर्ने भएका छन ।

फिल्मको कथा आयुश बिसीको रहेको छ । फिल्ममा बिनोद सापकोटाको छायांकन, बबुल गिरी र अशिक श्रेष्ठको संगीत, श्री श्रेष्ठको द्धन्द्ध, कबिराज गहतराजको कोरियोग्राफि रहने छ । फिल्म सुुशिल फिल्म प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो । फिल्म बैशाख २० गतेबाट फ्लोरमा जानेछ ।