रितिक रोशनलाई लिएर ‘पीरियड’ बनाउँदै भंसाली

- मेराेफिल्म


पदमावतको सफलता पछि फिल्म मेकर संजय लिला भंसाली,  पीरियड फिल्म बनाउन गइरहेका छन् । फिल्मको प्रिन्स नामक एक मुख्य भुमिकामा रितिक रोशनसँग कुरा भईरहेको  छन ।  संजय रितिकलाई फिल्ममा कास्ट गर्न निकै इच्छुक भएको बताइन्छ । दुई बीच यो रोललाई लिएर दुई घन्टा सम्म कुराकानी भएको पनि बताए । संजय र रितिक पहिला पनि एकैसाथ फिल्म गुजारिसमा काम गरिसकेका छन् ।

भंसालीद्वारा निर्देशित फिल्ममा रितिक र ऐश्वर्या राय बच्चनको मुख्य अभिनय रहेको थियो । आजकल रितिक आफ्नो नयाँ फिल्म सुपर ३० को शूटिङमा ब्यस्त छन् । जो प्रोफेसर आनंदको जीवनबाट प्रेरित छ । यसका साथै उनी आफ्नोे चर्चित फिल्म सिरिज कृषको चौथो भर्र्जनमा पनि आउने पक्का भैसकेका छन् । यशराज ब्यानरले निर्माण गर्ने एक फिल्म पनि रितिककै खातामा रहेका छन् । जसमा रितिक टाईगर श्रफसँगै स्क्रिन सेयर गरेको दर्शकले हेर्न पाईने छ ।

२०७५ वैशाख ८ गते ९:५६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *