शारुख,सलमान र आमिर खानले रिजेक्ट गरेका ब्लकबस्टर फिल्म


करण जोहरले आज आफ्नो पिताको महत्वकांक्षी प्रोजेक्ट लन्च गरेका छन् । फिल्मको स्टारकास्ट पनि फाईनल भइसकेको छ– माधुरी दीक्षित, आलिया भाट, सोनाक्षी सिन्हा, संजय दत्त, वरुण धवान, आदित्य राय कपूर ।

यो त भयो अहिलेको कुरा अब हामी त्यस बेलाको कुरा गर्ने छौ जति बेला करणले तिन खानलाई कलंक फिल्ममा अफर गरेका थिए तर करणको अफरलाई तिनै खानले रिजेक्ट गरेका थिए । कलंक सबैभन्दा पहिले शारुख खानलाई अफर गरेका थिए । फिल्मको काहानीमा काम चलिरहेको थियो । फिल्मको काहानी दुई दाजुभाईमा आधारित रहेको थियो तर बिना कारण करण जौहर र शारुख खान बिच मनमुटाब भएको कारण फिल्म बन्न सकेन । त्यसैले शाहरुखले फिल्मलाई रिजेक्ट गरिदिए ।

त्यसपछि कलंकको काहानी सलमानलाई अफर गरियो । करण सलमानसँग धेरै काम गर्न रुचाउथे । सलमानले प्रोजेक्टलाई हुन्छ, वा हुदैन केहि पनि जवाफ दिएनन् त्यतिकैमा फिल्म अलमलियो । अन्तिममा कलंकको काहानी आमिर कहा पुग्यो र आमिरलाई कहानी अलि मन परेन र कहानीलाई परिवर्तन गर्न उनले करणलाई डिमान्ड गरेका थिए । तर करण यसप्रति असहमत भए । त्यसैले करणले आमिरलाई अरु कुनै फिल्ममा काम गर्ने बाधा गर्दै फिल्मलाई फिर्ता लिएका थिए । तिनै खानले फिल्मलाई रिजेक्ट गरेको फिल्म अन्तत ब्लकबस्टर बनेको थियो ।