जसितालाई प्रदिपको साथ

फिल्म ‘लिलिबिली’ रिलिज भएसँगै अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको जोडीको चर्चा खुबै छ । प्रदिप र जसिता फिल्म क्षेत्रमा नयाँ जोडीको रुपमा उदाएको विश्लेषण गर्न थालिएको छ । यो फिल्म रिलिज भएपछि धेरै निर्माता अभिनेत्री जसितालाई लिएर फिल्ममा काम गर्न पनि चाहन्छन् । तर, उनीहरुलाई जसिता फकाउन त्यती सजिलो छैन ।

एक चर्चित ब्यानर अभिनेत्री जसितालाई लिएर फिल्म बनाउन चाहन्छ । तर, जसिताले फिल्म गर्नका लागि प्रदिपले अनुमती दिनुपर्छ भन्ने सुनेपछि उनीहरु हच्किए । अभिनेता प्रदिप खड्काले फिल्म ‘रोजी’मा काम गर्ने चर्चा लामो समयदेखि चलिरहेको छ । तर, फिल्ममा अभिनेत्रीका लागि प्रदिपले नै जोडतोड गरिरहेका छन् । अभिनेत्री मिरुना मगरप्रति प्रदिप सकारात्मक छैनन् । उनले, मिरुनाको ठाउँमा जसिताको नाम सिफारिश गरेको चर्चा समेत फिल्म बजारमा चल्न थालेको छ ।
फिल्म क्षेत्रमा जसिताप्रति प्रदिपको यो साथको चर्चा चल्न थालेपछि, कतै प्रदिप जसिताको करिअर उठाउन लागिपरेका त छैनन् भन्ने अड्कल लगाउन सकिन्छ ।