वेलकम ब्याक करिना

करिना कपुर प्रिग्नेन्सी र तमुर हुर्किदै गर्दा फिल्म क्षेत्रबाट धेरै समय सम्म अलग्गिइन् । यो सालको जुनमा धेरै पछि फिल्म ‘बिरे द वेडिंग’ मार्फत देखा पर्दैछिन् । उक्त फिल्म भन्दा पछि पनि अर्को फिल्म आउने खबर बाहिरिएको छ ।

करण जौहारको ब्यानरमा बन्न लागेको एउटा रोमान्टिक फिल्ममा आउन लागेकी हुन् । उनको अपोजिटमा सिद्धार्थ मल्होत्रा हुने छन् । धर्म प्रोडक्सनबाट लन्च हुने फिल्मको निर्देशक राज मेहेता रहने छन् । करिना सिद्धार्थका अलावा अर्को जोडी समेत फिल्ममा रहने छन् तर को हुने भनने टुंगो लागि सकेको छैन । करिनालाई शाहरुखसंग फिल्म स्यालुटमा समेत देख्न पाइने छ । भारतीय पहिलो अन्तरिक्ष यात्री राकेश शर्माको जीवनमा आधारित बन्न लागेको यस फिल्ममा पहिला अमिर खानलाई लिने भनिएको भए पनि उनले पछी फिल्म नगर्ने भने ।

करिनाले २०१६ मा अर्जुन कपुरसंग एक फिल्म गरेको थिइन् । २०१६ मै उनले फिल्म उड़ता पन्जाब पनि गरेकी थिइन् । तर लीड रोल भने शहिद कपुर र आलिया भाटको रहेको थियो ।