शाहिद पत्नी मीरा पुनः प्रेग्नेन्ट


सामाजिक संजालमा फोटो पोष्ट गरेर शाहिदले आफ्नी पत्नी मीरा पुनः प्रेग्नेन्ट भएको कुरा पुष्टि गरेका छन् । उनले छोरी मीशाको फोटो संगै ‘बिग सिस्टर’ लेखेर पोष्ट गरेका छन् । केहि समय अघि मीरा ब्लाक टिसर्ट र ग्रे स्कर्टमा देखिएकी थिइन । यहि क्रममा उनको बेबी बंप देखिएको हो की भन्ने आशंका गरिएको थियो ।

एक इन्टरभ्युमा मीराले दोस्रो बच्चा नभएसम्म आफ्नो करियर नसोच्ने बताएकी थिइन् । शाहिदले पनि एक म्याग्जीन ईन्टरभ्युमा मीराले दोस्रो बच्चाको धेरै ईच्छा राखेको बताए । यो जिम्मेवारीबाट फ्री भएर आफ्नो करियरमा लाग्ने मीराले सोचेकी छन् ।