इरफान खानको ‘पजल’ ट्रेलर रिलिज

इरफान खानको फिल्म ‘पजल’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा मिड लाइफ क्राइसिस ड्रामा देखण पाइने छ । यो फिल्म एक हाउसवाइफ को वारी परि घुम्ने छ । इरफान एक पज्लर हुन्छन् जसको भेट हाउसवाइफ एग्नेससंग एउटा पजल सुल्झाउने क्रममा हुन्छ र यी दुइ प्रेममा पर्छन ।

१३ जुलाईमा फिल्म रिलिज हुनेछ । अन्तिम पटक इरफान फिल्म ब्ल्याकमेल मा देखिएका थिए । फिल्मको लीड रोलमा रहेका इरफान हाल न्युरो एन्डोक्राइन ट्युमर बिरामीको सिकार भएर लन्डनमा उपचाररत छन् ।