ओपो एफ–सेवेन अदिती र मलिनाले सार्वजनिक गर्ने

ओपोको नयाँ फोन एफ–सेवेन नायिका अदिती बुढाथोकी र मलिना जोशीले सार्वजनिक गर्ने भएको छ । काठमाडौंमा ओपो एफ–सेवेन सार्वजनिकका लागि आयोजना हुने बृहत समारोह बैशाख ११मा हुँदैछ । अदिती ‘कृ’ मार्फत नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका हुन् । पूर्व मिस नेपाल मलिनाले विभिन्न नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनलेले ऋतु, संरक्षण, द विनर, लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।

दुबैले आ–आफ्ना सामाजिक सञ्जाल मार्फत कार्यक्रममा आफ्नो उपिस्थतीका बारेमा जानकारी दिएका हुन् । साथै, तिनका भिडियो मार्फत सार्वजनिक गरिएको ‘यू एण्ड आई’ क्याम्पेन मार्फत दूई भाग्यशाली विजेताले कार्यक्रममा प्रत्यक्ष सहभागी भई तिनका प्रिय स्टारसंग सेल्फी खिच्ने अवसरपनि प्राप्त गर्नेछन् । यसका लागि क्याम्पनेमा सहभागी विजेताले तोकिएको ह्याशट्याग प्रयोग गरी ३ साथीलाई ट्याग र भिडियोलाई लाइक तथा सेयर गर्नु पर्ने हुन्छ । क्याम्पेन एप्रिल १४ देखि अप्रिल १९ सम्म लागू गरिएको छ ।
आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ ओपो एफसेवेन सेल्फी एक्स्पर्ट सिरिजमा नयाँ उत्पादनका रुपमा हुने कम्पनीले जानकारी दिएको छ । नवप्रबर्तनात्मक प्रविधिमा आधारित ओपो एफसेवेनले नेपाली यूवा माझ रहेको कम्पनीको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवीलाई थप सुदृढ बनाउने आशा गरिएको छ ।

सेल्फीलाई थप वास्तविक, प्राकृतिक र ब्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो । यसलाई थप परिस्कृत गरी ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध गरिएको छ । फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधि सहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ । यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्सपनि उपलब्ध गरिएको छ । नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने छ ।
ओपो एफसेवेनमा उद्योगकै अग्रणी २५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल–टाइम एचडीआर प्रविधि उपलब्ध गरिएको छ ।