मिडियालाई एलियाना डिक्रुजको भद्दा जवाफ


एलियाना डिक्रुज आफ्नो फिल्मका साथ साथै पर्सनल लाइफलाई लिएर समेत चर्चामा रहने गर्छिन । पहिले उनले आफ्ना प्रेमी एन्ड्रीयु निबोनसंग विवाह गरेको र हालसाली गर्भवती भएको खबर बाहिरिएको थियो ।

यो सब कुराको जवाफ उनले आफ्नै तरिकाले दिएकी छन् । एन्ड्रीयुले एलियानाको फोटो सेयर गरेका छन् जहाँ हेर्दा उनी गर्भवती नभएको थाहा हुन्छ । तर उनले अझै पनि केहि प्रतिक्रिया दिएकी छैनन् । तर फोटोमा हट सास बोतल देखिएको  छ जहाँ एलियानाको अनुहार छोपिएको छ र मिडिल फिङ्गर देखाएकी छन् । यो देख्दा लाग्छ उनले मिडियाको कुरालाई धेरै महत्व दिएकी छैनन् ।