‘बादशाह जुट’ सुशिलका लागि बन्ला त दाउ ?

‘होस्टल रिटर्न्स’बाट फिल्ममा डेब्यु गरेका नायक सुशिल श्रेष्ठले त्यस फिल्मबाट इन्डस्ट्रीमा जुन स्पेस पाए त्यसपछीका दुई फिल्ममा ‘शायद २’ र ‘कारखाना’ले उनलाई डेब्यु फिल्मको साख धान्न हम्मे हम्मे बनायो । सोचे अनुरुप सफल हुनसकेनन यी दुई फिल्म । पछिल्लो समय उनी अर्को एक फिल्म छायाङ्कनमा ब्यस्त बनेका छन । काठमाडौंबाट छायाङ्कन सुरु भएको फिल्म ‘बादशाह जुट’मा उनी फरक भूमिकामा देखा पर्दै छन ।

‘बादशाह जुट’मा उनको फरक भूमिकाले उनलाई दाउ लाग्छ कि लाग्दैन त्यो त फिल्म रिलिज पछी नै थाहा हुनेछ । बडीबिल्डर हिरोको छबी बनाएका सुशिलसँगै फिल्ममा आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मी पाण्डे, रोविन तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ । एच एण्ड बी फिल्म्स र गोल्डेन ग्रेप्स फिल्म्स एण्ड इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण सुरु भएको फिल्म काठमाडौंसँगै पोखरा र मुम्बइमा छायाङ्कन हुनेछ । फिल्मलाई जोनी सिंह राणाले निर्देशन गरेका छन ।