सम्झनाले छाडिन् रेखाको फिल्म


‘लाल मष्तिस्क’ नाम राखेर सम्झना रौनियारको निर्देशन तथा रेखा थापाको निर्माणमा तयार हुन लागेको फिल्म नाम फेरिए संगै निर्देशकले काम नगर्ने भएकी छन् । ‘लाल मष्तिस्क’ बाट ‘मालिका’ बनेको फिल्ममा सम्झनाले छोड्नुको कारण नाम परिवर्तनका साथै कार्यभिन्नाताले हात झिकेको बताइन्छ ।


फेसबुकमा स्टाटस पोष्ट गर्दै रेखाको फिल्म ‘मालिका’ छोडेको सम्झनाले जानकारी दिएकी थिइन् । यस बिषयमा रेखाले भने केहि बताउन चाहिनन् । सबै कुरा समय आएपछि थाहा हुने रेखाले भनिन् । नयाँ निर्देशकको टुंगो नलागे पनि फिल्ममा केहि कलाकार भने फिक्स भईसकेका छन् । फिल्मको सुटिंग बैशाख २४ बाट हुनेछ जहाँ रेखा र जाजरकोट की १४ बर्षीय बालिका मुख्य भूमिकामा देखिने छन् ।