फिल्म ‘यात्रा’मा सलिनको जोडी मलिका

फिल्म ‘यात्रा म्युजिकल भ्लग’मा नायक सलिनमान बनियाँको जोडी मलिका महत हुने पक्का भएको छ । सलिनले सम्राज्ञी पछी अब मलिकासँग अनस्क्रीन रोमान्स गर्ने छन ।

सम्राट शाक्यको निर्देशन रहने फिल्म ‘यात्रा ब्लग’लाई केशव भट्टराईले निर्माण गर्न लागेका हुन् । डेब्यु फिल्म ‘ए मेरो हजुर २’ बाट चर्चा कमाएका सलिनलाई सो फिल्म पश्चात बिभिन्न अफरहरु आएता पनि फिल्म नगरी बसेका थिए ।  उनले स्वप्न सुमनको गीत ‘तिम्रो लागि’मा अभिनय गरिसकेकी छन् भने उनी पिजेज कलेक्सनको ब्रान्ड एम्बेसेडर समेत हुन् । अब यी दुईको जोडी फिल्ममा देख्न पाइने पक्का भएको छ । गूड् लूक्सका कारण डेब्यु फिल्मबाटै चर्चा कमाएका सलिन र मलिकाको जोडी फिल्ममा भने कत्तिको जम्छ त्यो हेर्न फिल्म रिलिज कुर्नु पर्ने छ । फिल्म ‘यात्रा’ बैशाख २० गते देखि फ्लोरमा जादै छ । सलिन र मलिकासंगै फिल्ममा सलोन बस्नेत, जान्वी बश्नेत, बिशाल कटुवाल, प्रेक्षा बज्राचार्य, रियर राई लगायतको अभिनय रहने छ ।
तस्बिरमा हेर्नुहोस् यस्ती छिन् मलिका :


फोटो  : मल्लिका महतको इन्स्टाग्रामबाट