हिरो बन्ने लहडले डुबायो

अभिनेता रोहित रुम्बाले फिल्म ‘नेप्टे’ले हल नपाएको भन्दै गुनासो गरे । आफ्नो फिल्मले कम हल पाएको भन्दै उनले वितरकमाथि नै आरोप लगाए । रोहितले करिब १८ बर्षदेखि यो क्षेत्रमा लागेको तर अहिले बल्ल सफलता हात पार्न सकेको पनि बताए । रोहितले यसो भन्दै गर्दा उनलाई हिरो बन्ने लहडले डुबाएको छ । भक्तपुरको डेढ रोपनी जग्गा वेचेको, अन्य स्थानका जग्गा बंैकमा राखेको पनि उनले बताए । रोहितले जग्गा धितो राख्दै हिरो बन्ने रहर पालेका थिए । यहि लहडले उनलाई डुबाएको छ ।

‘नेप्टे’ फिल्म नचले आफू ५ बर्ष फिल्म क्षेत्रबाट हराउने समेत उनले बताएका छन् । रोहित लामो समयदेखि स्टार बन्ने धुनमा लागिरहेका थिए । अन्य ब्यानरबाट गतिलो भूमिका नपाएपछि उनी आफैले फिल्म बनाए र हिरो बने । अभिनेता दयाहाङ राइलाई उनले भिलेन बनाए । तर, रोहितको हिरो बन्ने सपनाले उनको घरबारी नै डुबायो । अभिनेता हसनराजा खान पनि हिरो बन्ने लहडले डुबे । उनले अभिनय गरेको फिल्म ‘रोमियो’ गतबर्ष रिलिज भयो । फिल्मले पानी भन्न सकेन । फिल्म डुब्दा हसन पनि डुबे । फिल्ममा ३ अभिनेत्री राख्दा उनी एक्लो हिरो थिए । फिल्म नचलेपछि उनी अहिले दुबई पुगेका छन् । यो भन्दा अगाडि उनले फिल्म ‘अलबिदा’ पनि बनाएका थिए । यसमा पनि अभिनेता आर्यन सिग्देललाई छोटो भूमिका दिएर उनी हिरो बने । त्यो फिल्म पनि डुब्यो । हसन र रोहित हिरो बन्ने लहडले डुबे । यी दुइ मात्र होइन, अन्य धेरै कलाकार पनि हिरो बन्ने लहडले डुबेका छन् ।
घरजग्गा नै धितो राखेर हिरो बन्ने रहर राखेर हुन्छ र ?