प्रियंकालाई रथयात्रा गराउँदै दयाहाङ

पछिल्लो समय नेपाली फिल्म प्रचार प्रसारका लागि बिभिन्न तरिका अपनाउन थालिएको छ । सोही क्रममा फिल्म ‘ह्याप्पी डेज’ले रथ यात्रा गर्ने भएको छ । कलाकारसहितको टोलीलाई ललितपुर र काठमाडौँको विभिन्न स्थानमा रथ चढाएर घुमाउँदै दर्शकसँग प्रतक्ष प्रतिकृया लिने र फिल्मको हाइप सिर्जना गर्ने योजना अनुरुप रथ यात्रा गर्न लागेको निर्देशक चाम्सले बताएका छन ।

१० गते, सोमबार विहान १० बजे लगनखेलबाट सुरु हुने रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत हुनेछ । त्यसपछी पुन: रथ यात्रा सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर टुंगिने छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकलको मुख्य अभिनय रहेको छ । बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनालको निर्माण रहेको फिल्म बैशाख १४बाट अलनेपाल रिलिज हुँदैछ ।