जेठ २ देखि हलमा फिल्म नलाग्ने

- मेराेफिल्म

सेयर बाँडफाँडको मुद्दालाई लिएर निर्माता संघले आन्दोलन गर्ने भएको छ । सेयर बाँडफाँडमा हलले आफूमाथि अन्याय गरिरहेको भन्दै निर्माता संघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।

२०६० सालमा निर्माता संघ र चलचित्र संघबीच काठमाडौं उपत्यकामा चलचित्र प्रदर्शनपश्चात उठेको कुल रकममा भ्याट कट्टा गरी बाँकी रकममा चलचित्र भवनको भौतिक सुविधा,व्यापार, ठाउँ तथा क्षेत्रको आधारमा निर्माता तथा वितरकले ५५देखि ६० प्रतिशतसम्म र प्रदर्शकले ४० देखि ४५ प्रतिशतसम्मका दरले सेयर लिने सहमति भएको थियो । निर्माता संघले अहिले काठमाडौं उपत्यकाको ठाउँमा नेपालभर भन्ने शब्द राखी सो सम्झौता अक्षरशः पालन हुनुपर्ने माग गरेको छ । यसका अलावा बदलिँदो परिस्थितिमा फिल्म हलमा ट्रेलर, पोस्टर, स्थानीय पब्लिसिटी खर्चहरु दुवै पक्ष बसी निर्णय गर्न तयार रहेको पनि जनाएको छ । हाल चलचित्र हलले ट्रेलर बजाएको तथा फिल्मको पोस्टर हल परिसरमा राखेकोमा पनि महंगो मूल्य असुल्दै आएका छन् ।
त्यसैगरी संघले सरकारले तोकेको समयसीमा भित्र बक्स अफिस कार्यान्वयन लागि पनि राज्यलाई दबाब दिने निर्णय गरेको छ । निर्माता संघले माथि उल्लेखित माग वार्ताबाटै समाधान गर्न आफूहरु तयार रहेको तर संघले अटेरी गरेमा २ गतेबाट नेपालमा सार्वजनिक प्रदर्शनमा आउने कुनै पनि भाषाका स्वदेशी तथा विदेशी फिल्मलाई प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ । यसका बावजुद पनि चलचित्र संघ सहमतिमा नआएमा निर्माता संघले आन्दोलनका थप कार्यक्रम तय गर्ने जनाएको छ ।

२०७५ वैशाख ९ गते १७:४१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *