एकाकएक भाइरल भएका दर्जी गीत रेकर्ड गराउन काठमाडौंमा

काठमाडौं । झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा गीत गाएर पैसा संकलन गर्ने बालक अशोक दर्जी काठमाडौंमा गीत रेकर्डका लागि आइपुगेका छन् । उनको गीत गाएको भिडियो एकाएक भाइरल भएपछि उनलाई संगीतकार टंक बुढाथोकीले काठमाडौं बोलाएका हुन् । बुढाथोकीले दर्जीलाई गीत रेकर्डिङ गराइरहेको भिडियो युट्युबको ट्रेण्डिङमा छ ।

साथै दर्जीसँग लिइएका अन्तरवार्ता भिडियो पनि अझै भाइरल भइरहेको छ । दर्जीलाई लिएर उनकै बाबु काठमाडौं आएका छन् । दर्जीलाई देश–विदेशबाट सहयोग प्राप्त हुने क्रम पनि सुरु भएको छ । गरिब परिवारमा जन्मिएका दर्जीले गीत गाएर जम्मा गरेको रकमले नै परिवारको गुजारा चल्दै आएको छ ।

‘१० बर्ष रेकर्डिस्ट, अरेन्जर, गायक संगीतकार रचनाकार हुँदै आजको दिनसम्म आइपुग्दा हजारांै गीतमा काम गर्दाको अनुभव मात्र अशोक भाइका लागि सेयर गर्न खोजेको हुँ । अशोक भाइ साना चन्चले अनि पढाईमा कम्जोर भएकाले गीत सिकाउन मलाइ टाइम लाग्न सक्छ । तर सिकाएरै छोड्ने आत्मबल उनीप्रतिको राम्रो प्रतिक्रिया र म प्रतिको विश्वासले दिएको छ,‘दर्जीलाई रेर्कडिङका लागि गीत सिकाउँदै गरेको भिडियो युट्युबमा राख्दै बुढाथोकीले लेखेका छन्, ‘आर्थिक अवस्थाको कुरा जे हुन सक्छ । तर अझै हाम्रो देशमा अशोक दर्जी जस्ता पढ्न नपाएका बच्चाहरु नि हुनुहुँदो रहेछ । यो कुरामा अलिकति नरमाइलो लागेको छ । सबै मिलेर अशोक दर्जी भाइलाई सहयोग गरिदिन हुन अनुरोध गर्दछु ।’