भन्सालीको फिल्ममा आलिया


संजय लिला भंसालीको निर्देशनमा अमृत प्रितममको जीवनीमा आधारित फिल्म बन्न लागेको छ । फिल्ममा अभिषेक बच्चन र आलिया भाटको मुख्य अभिनय देखिन सकिने छ । फिल्मको काहानी अमृत प्रितम र साहिर लुधियानवीको प्रेम काहानीमा आधारित छ । भंसालीले आलियासँग काम गर्न निकै निकै इच्छुक भएको बताएका छन् ।

हाल आलिया आफ्नो नयाँ फिल्म राजीको प्रमोशनमा ब्यस्त छन् । फिल्मको काहानी एक भारतीय महिला जासूस, जो पाकिस्तानको एक नागरिकसँग विवाह गर्ने रहेको छ । अमृत प्रीतमको जीवनमा आधारित फिल्मको कुरा गर्ने हो भने, अहिले आलियाको नाम आधिकारिक रुपमा घोषणा भैसकेको छैन भने अभिषेक फिल्ममा कन्फर्म भैसकेका छन् ।