बागी २ को वल्डवाइड कमाई २५० करोड

Mero Film


बलिउड एक्टर टाइगर श्रफ र एक्ट्रेस दिशा पाटनीको फिल्म बागी २ बक्स अफिसमा सुपरहिट साबित भएको छ । फिल्म रिलिज भएको तीन हप्ता भएको छ, जहाँ  पहिलो हप्तामा नै फिल्मले ११२ करोड कमाएको थियो । फिल्मले वल्डवाइड २५० करोडको कमाई गरेको छ ।

टाईगरको यो पहिलो फिल्म हो जसले १०० करोड भन्दा पनि ज्यादाको कारोबार गर्न सफल भएको हो । बागी २ पछि अहिले टाईगर स्टूडेन्ट अफ द ईयर २मा देखिने भएका छन् । फिल्ममा उनको साथ अनन्या पान्डे र तारा सुतारिया देखिने भएका छन् । दिशाले भने अहिले कुनै फिल्ममा साईन गरेकी छैनन् ।


Leave a Reply

Your email address will not be published.