अनु र सबिनको फोटो रोमान्स

- मेराेफिल्म

मुखमा एउटा कुरा व्यहारमा अर्कै कुरा सेलिब्रेटी विशेषता नै हो । सविन श्रेष्ठ र अनु शाह पनि यस्तै गरिरहेका छन् । दुवैको प्रेम मात्र होइन विवाहको समेत अफवाह छ तर दुवै मरिकाटे यो स्वीकार्न तयार छैनन् । तर सामाजिक सन्जालमा आफ्नो प्रेमलाई अभिव्यक्त गर्नबाट रोक्न पनि सकिरहेका छैनन् । हालसालै पनि अनु शाहले सविनसँगै भएका केही फोटा कोलाज बनाएर सार्वजनिक गरेकी छिन् ।

विवाहको समेत हल्ला चलेको बेला फोटो हाल्नु नै दुवैको सम्बन्धको स्वीकारोक्ति हो, अझ ती फोटोमा जसरी उनीहरु एक अर्कामा कम्फर्टेबल देखिएका छन्, त्यसले पनि दुवैको सम्बन्धको गहिराइ बयान गरिरहेका छन् ।
तर जब सम्बनधको कुरा हुन्छ दुवैले सफेद झुट बोल्दै हामी साथी मात्र हौं भनेर टार्ने गरेका छन् । कि चुपचाप बस्नु, कि सत्य कुरा बोल्नु । घरि घरि किन जिस्किरहनु ?

२०७५ वैशाख १० गते ११:५५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *