सलमानका प्रेमिका कोही सिंगल कोही डिभोर्सी


५२ बर्षका भै सके सलमान, अब कहिले चै गर्छन त बिवाह ? यो प्रश्न उनका फ्यान र मिडियामा अक्सर आइरहने गर्छ । तर अचम्म लाग्ने कुरा के छ भने सलमान जस्तै उनका धेरै प्रेमिका पनि अहिले सम्म सिंगल नै रहेका छन् । केहिले विवाह गरे भने धेरै जसो अविवाहित नै छन् र केहिको भने डिभोर्स समेत भैसकेको छ । ऐश्वर्या सलमानकी एकमात्र यस्ती प्रेमिका हुन् जो हासीखुसी बैवाहिक जीवन बिताईरहेकी छन् ।

सालमानकी पहिलो प्रेमिका शाहीन जाफरी मोडल थिइन् । उनले सुमित सहगलसंग १९९०मा विवाह गरेकी थिइन् भने २००३ मा डिभोर्स भयो ।


२७ मे १९९४ विवाहको डेट समेत फिक्स भैसके पछी पारिवारिक कारण देखाउदै संगीता बिजलानीसंग सलमानको ब्रेकअप भयो ।


सोमी अलीको पहिला प्रेमी थिए सलमान । जुन कुरा उनले खुलेर ब्यक्त गर्ने गर्थिन । सलमानसंगै बिवाह गर्न बलिउड जोइन गरेको बताउने उनी अझै पनि सिंगल नै छिन ।

ऐश्वर्यासंग ब्रेकअप भएपछी क्याट्रीना र सलमान नजिकिएका थिए । फिल्ममा काम गर्दा गर्दै नजिकिएका यिनीहरुको सम्बन्ध रनबिर कपुरको कारण अन्त्य भएको थियो । अहिले फेरी यी दुइ धेरै नजिक आइसकेको खबर छ ।

यूलिया वन्तूरको नाम सलमानसंग ३ बर्षबाट जोडीएर रहेको छ । डिभोर्सी युलिया र सलमानलाई धेरै कार्यक्रममा साथै ग्यालेक्सी अपार्टमेन्टमा समेत संगै देख्ने गरिएको छ ।