‘सिडीएम फाइभ के रन होमकमिङ वीकेण्ड’को गूड्विल एम्बेस्डर रिचा र अर्पण

त्रिभुवन विश्वबिद्यालय, व्यवस्थापन केन्द्रीय बिभागको आयोजना तथा ट्रान्स टेक मिडिया र मार्स कन्सल्ट्यान्टको सहकार्यमा बैशाख १५ गते ‘सिडीएम फाइभ के रन होमकमिङ वीकेण्ड’ कार्यक्रम हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नायिका रिचा शर्मा र अभिनेता अर्पण थापाले सो कार्यक्रमको गूड्विल एम्बेस्डर घोषणा गरिएको छ ।

सिडीएम अलुमिनी यसोसिएसनले अघिल्लो बर्ष जस्तै यसबर्ष पनि बैशाख १५ गतेकै दिन ‘वल्काथोन’ साथै फुड फेस्टिवल, म्युजिकल इभेन्ट, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्ने भएको हो । सो कार्यक्रममा बोल्दै नायिका रिचा शर्माले भनिन ‘यस प्रकारका कार्यक्रममा नेपाली कला जगतका ब्यक्तित्वहरुको उपस्थितीले कार्यक्रमको हाईप सिर्जना गर्ने र प्रचार प्रसारमा मद्धत पुग्नुका साथै कार्यक्रमको उदेश्यप्राप्तीमा महत्वपूर्ण भूमिका खेल्ने विश्वाश ब्यक्त गरिन ।’ पहिले यो कार्यक्रमको बारेमा जानकारी नभए पनि यसपाली आँफै प्रतक्ष सहभागी हुन पाएकोमा खुशी छु,’ उनले भनिन । उनले कार्यक्रम सफलताको शुभकामना समेत ब्यक्त गरिन । रेनल्टको मुख्य प्रायोजन रहेको कार्यक्रमलाई बिभिन्न बैंक, बित्तिय संस्था, इन्सुरेन्स, इन्टरनेट प्रदायक संस्था, फेडएक्स कार्गो लगायतले प्रायोजन गरेका छन ।

देशलाइ दक्ष एवं सबल व्यवस्थापक उपलब्ध गराउन नेपालको व्यवस्थापन शिक्षालाइ अझ बढी प्रभावकारी बनाउन सिएमडी विभागका प्राध्यापक, कर्मचारी तथा पुर्व बिद्यार्थीहरुलाई एकीकृत गरि सिडीएम अलुमिनी यसोसिएसन स्थापना गरेर आफ्ना दीक्षितहरुलाई एकै ठाउमा भेला गराउदा आपसी समन्वय र सहकार्य बिस्तार हुने र अन्तत मुलुकले व्यवस्थापकिय सुधार गरि आर्थिक सम्वृद्धिको सपना साकार पार्न तथा शिक्षालाई स्वास्थ्य संग जोड्ने उद्येश्य समेत राखी ‘सिडीएम फाइभ के रन होमकमिङ वीकेण्ड’ कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ । यस बर्ष पनि यहि बैशाख १५ गते ‘वल्काथोन’ साथै फुड फेस्टिवल, म्युजिकल इभेन्ट, स्वास्थ्य शिविर समेतको व्यवस्था गरिएको छ ।

कार्यक्रममा करिब ५ हजार भन्दा बढी व्यक्तिको उपस्थिति हुने अनुमान आयोजकले गरेको छ । यस कार्यक्रमको उद्येश्य मुलुकमा सबै उद्यमी तथा कुशल व्यवस्थापकहरुलाई देशको आर्थिक सम्वृद्धि एवम् औद्योगिक बिकासको लागि एक महत्वपुर्ण संदेश जान सकोस भन्ने रहेको छ । सार्थक जीवन र सक्षम शिक्षाको महत्वलाई बढावा दिदै त्रि वि प्रति विश्वको बिस्वास अझै बढाउनुका साथै सबै नागरिकहरुलाई स्वास्थ्य जीवन व्यतित गर्ने समेत यस होमकमिङ वीकेण्डले प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्ने आशा सिडीएमको रहेको कार्यक्रमका बिभिन्न बक्ताहरुको भनाई थियो ।