‘बाँध मायाले’ रिलिज मिती तय, सृष्टिलाई राहत
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
आर्यन अधिकारी र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘बाँध मायाले’ अन्तत असोज ५ गते प्रदर्शनमा आउने भएको छ । लभ स्टोरी फिल्मलाई सविर श्रेष्ठले लेखन, निर्माण तथा निर्देशन गरेका हुन ।
रामहरी धिताल र विभेषिका श्रेष्ठको समेत निर्माण रहेको फिल्ममा महेन्द्र अधिारी र केदार धितालको सह-निर्माण रहेको छ । काईट्स ईन्टरटेनमेन्टको प्रस्तुती रहेको बाँध मायालेमा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठले पहिलो पटकसँगै स्क्रिन सेयर गरेका छन् । फिल्म सुटिङ भएपनी लामो समयसम्म रिलिज नहुँदा सृष्टि अनेक गसिपको शिकार बनिरहेकी थिइन अब भने उनले केही समय राहत पाउने छिन् ।
आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको अभिनय छ । किशोर खड्काले बाँध मायाले मार्फत नायकको रुपमा डेव्यु गर्दैछन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

‘जारी’ चल्नुमा मेरो हात छैनः दयाहाङ राई

नम्रता र गौरवको ‘नम्बरी सुन’को हटौंडामा प्रिमियर

नीता ढुंगानाको यात्राः निर्माण र निर्देशनमा सँगसँगै

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया