सलिन र मलिकाको ‘यात्रा,अ म्युजिकल भ्लग’मा सलोनको भूमिका के ?

फिल्म ‘यात्रा, अ म्युजिकल भ्लग’ निर्माण घोषणा भएको छ । यही फिल्मबाट नव नायिका मलिका महतले आफ्नो फिल्मी यात्रा सुरु गर्ने भएकी छिन् । उनले फिल्ममा ‘ए मेरो हजुर २’ स्टार नायक सलिनमान बनियाँसँग फिल्म ‘यात्रा, अ म्युजिककल भ्लग’मा अन स्क्रीन रोमान्स गर्नेछिन ।

पहिलो फिल्ममा सम्राज्ञी राज्य लक्ष्मी शाहसँग स्क्रीन सेयर गरेका सलिनले आफ्नो दोश्रो फिल्ममा मलिकासँग स्क्रीन सेयर गर्दैछन । सलिनको चर्चा फिल्मी वृत्तमा निकै हुने गरेको छ ।  सलिन र मलिकासंगै फिल्ममा सलोन बस्नेत, जहान्वी बश्नेत, राजाराम पौडेल, धिरेन शाक्य, प्रेक्षा बज्राचार्य, रियर राई जयनन्द लामा, देशभक्त खनाल, बाल कलाकार अंकित संग्रौला, एन्जल राई लगायतको अभिनय रहने छ ।
सम्राज्ञीसँगको केमेस्ट्री रुचाएका दर्शकका लागि सलिन-मलिकाको ‘यात्रा, अ म्युजिकल भ्लग’ पर्खाइको बिषय बन्नेछ । फिल्मका अर्का नायक सलोन बश्नेत र सलिन यसअघी फिल्म ‘ए मेरो हजुर २’मासँगै काम गरिसकेका छन । उक्त फिल्ममा सलोनको कारण सलिन छायाँमा परेको भन्ने चर्चा समेत चलेको थियो । फेरी यी दुई सँगै देखिएका छन । ‘यात्रा, अ म्युजिकल भ्लग’ पर्खाईको अर्को पाटो यो पनि बन्नेछ ।

कोताकी कालिका देवी प्रा.ली.को ब्यानरमा बन्न लागेको यस फिल्मलाई केशव भट्टराई, मुक्ति तिम्सिना, मधु छेत्री, धर्मराज अधिकारी लगायतले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । फिल्ममा कथा तथा निर्देशन सम्राट शाक्यको रहनेछ । फिल्ममा संजय लामाको चायाँग्कन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन रहनेछ । फिल्ममा सम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोबिड बज्रको संगीत रहनेछ । फिल्म ‘यात्रा’ बैशाख २० गते देखि फ्लोरमा जादै छ भने असोज ५ गते रिलिज हुनेछ ।