प्रेम अर्यालको ‘सुन्तलाको रस’ सार्वजनिक

नेपाली लोक दोहोरी क्षेत्रको एक परिचित नाम हो प्रेम अर्याल । उनले आफ्ना बिभिन्न गीत संगीत मार्फत नेपाली संगीत पारखिहरुको मन जित्न सफल भैसकेका छन । ‘तिम्रो मलाई रिसै लाएन’, ‘छायाँ हो इन्द्रेणी’, ‘आज साह्रै यो मन दुख्या छ’, ‘नाचौँ गाऔँ’, ‘पुतली’ ‘चिसो चिसो हावामा’, ‘दोहोरी तिमी सै गाउने हो’ लगायत थुप्रै चर्चित गीत साङ्गितिक बजारमा प्रस्तुत गरिसकेका उनै गायक गायक प्रेम अर्यलले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत ‘सुन्तलाको रस’ लिएर पुन दर्शक श्रोता माझ आएका छन ।
काठमाडौंमा एक कार्यक्रमका बिच चर्चित लोक गायिका तथा राष्ट्रिय सभा सदश्य कोमल ओलीको हातबाट उक्त गीत सार्वजनिक गरिएको हो । ‘यस भन्दा अगाडीका गीतहरुमा जस्तै यस गीतबाट पनि राम्रो प्रतिकृया पाउने छु र दर्शक श्रोताले यस गीतलाई पनि माया गरिदिनुहुनेछ भन्ने विश्वाश लिएको छु’ गायक अर्यालले भने । प्रेम अर्याल र गायिका सुमना थापा मगरको स्वर रहेको गीत ‘सुन्तलाको रस’मा रविन लामिछानेको शब्द रहेको छ भने लय संकलन गायक अर्यालकै रहेको छ । डोलाराज बाह्रघरेको एरेन्ज रहेको यस गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । गोर्खा चौतारी म्यूजिकबाट बजारमा ल्याइएको गीत सुन्तलाको रस गाउँतिर गाइने भाकालाई नै मध्यनजर गरि सिर्जना गरिएको छ । गीतको भिडियोलाई प्रेम अर्याल र प्रनिल तामाङले निर्देशन गरेका छन् भने भिडियोमा दिनेश थापा, सिर्जना किराँती, ऋतु तामाङ र प्रनिल तामाङकै अभिनय रहेको छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया