शाहरुखको नयाँ फिल्म बन्छ त सफल ?

- मेराेफिल्म


शाहरुख खान र आदित्य चोपडा मिल्ने साथी हुन् । आदित्यले निर्देशन गरेका चार फिल्म मध्ये ३वटामा शाहरुखको अभिनय रहेको छ । यी दुइको कम्बिनेसन दमदार देखिदै आएको छ । दिलवाले दुल्हनिया ले जाएंगे फिल्म इतिहासकै सफल फिल्म हो । आदित्यको ब्यानर यस राज फिल्म्सको लागि समेत शाहरुखले काम गरेका छन् । डर, दिल तो पागल हे, वीर जारा हस्त फिल्म उनले यस ब्यानर अन्तर्गत गरेका छन् र सबै हिट साबित भएका छन् ।

यश राज फिल्म्सको लागि अन्तिम फिल्म ‘फ्यान’ भने सफल हुन सकेन । यो समय शाहरुखको लागि असफल साबित भैरहेको छ जसको कारण एक न एक सफल फिल्म आउन जरुरि छ । हाल शाहरुख र आदित्यको भेट भएको छ जसको कारण यी दुइ फेरी पनि संगै काम गर्दै छन् भन्ने अनुमान गर्न सकिन्छ । खबरका अनुसार आदित्य शाहरुखलाई लिएर एउटा नया फिल्म गर्दै छन् । त्यो फिल्म धुम ४ हुन्छ य अरु कुनै त्यो चै हेर्न बाकी छ ।

२०७५ वैशाख ११ गते ८:४१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *