सनी देवल र ऐश्वर्या राय बच्चनको टक्कर


सनी देवल र ऐश्वर्या राय बच्चन बीच बक्स अफिसमा टक्कर हुने भएको छ । ऐश्वर्याको ‘फंने खा’ पहिले १५ जुनमा सलमान खान को रेस ३ संग रिलिज हुने वाला थियो तर त्यो पब्लिसिटी स्टन्ट मात्रै भएको पुष्टि भैसकेको छ । सलमानको फिल्मसंग टक्कर लिने हिम्मत निर्मातामा नभएको कारण उनले आफ्नो फिल्म रिलिज डेट पछी सार्दै १३जुलाई पुर्याएका छन् ।

जुन दिन ‘यमला पगला दिवाना’ फेरी रिलिज हुने भएको छ । तर यो कुराको अधिकारिक घोसणा भने भै सकेको छैन तर तयारी भने पुरा भै सकेको छ । यमला पगला दिवानाको तेस्रो सिरिज फस्ट मे मा प्रदर्शन हुने वाला थियो तर पोष्ट प्रोडक्सनको काम पुरा नभएकाले त्यो सम्भव भएको थिएन । जुनमा सलमान खानको रेस ३ र राजकुमार हिरानीको संजु रिलिज हुनेवाला छन् । त्यसै कारण १३ जुलाईको डेट फाइनल गरेको हुनुपर्छ । यमला पगला दिवानामा फेरी पनि ३ देवल छन् भने फन्ने खामा अनिल कपुर र राजकुमार राव ।