कम पढेका सफल बलिउड हस्ती

पढाईले मात्रै मान्छेलाई सफल बनाउछ भन्ने होइन । बलिउडमा यस्ता कैयौ चर्चीत कलाकारहरु रहेका छन् जसको पढाईमा निक्कै दख्खल रहे पनि फिल्मी लाइफमा भने आफ्नो करिअर मजबुत बनाउन असफल भए । तर, कम पढेका स्टारहरु जो  बलिउड जीवनमा भने अत्यन्त सफल भएका छन् र करोडौ कमाइ गर्दै सफल जीवन बिताईरहेका छन् ।

१. टाइगर श्राफ
बलिउडमा फिल्म ‘हिरोपन्ती’ बाट करिअर सूरु गरेका टाइगर १२ कक्षामात्र पास हुन् । उनले १२ कक्षासम्मको पढाइ सकेपछि पढ्नै छोडिदिए ।

२. सलमान खान
बलिउडका दवंग खानले कक्षा १२ सम्मको पढाइ गरेका छन् । तर ग्रयाजुएसन पुरा गर्नुभन्दा पहिला नै उनी मोडलिङतिर लागे ।

३. प्रिंयका चोपडा
२००० मा मिस इण्डिया समेत भएकी प्रियंका कक्षा १२ पास मात्र हुन् । उनले मुम्बईको एक विश्वविद्यालयमा भर्ना त गरिन् तर पढ्न भने गइनन् ।

४. करिश्मा कपुर
बलिउडमा कपुर परिवारलाई पढाइ पुरा नगर्ने परिवारको रुपमा लिइन्छ । कपुर खानदानकी छोरी करिश्मा कपुरले त झन् ६ मै पढाइ छोडदिएकी थिइन् । पछि उनले फिल्म ‘प्रेम कैदी’ बाट आफ्नो बलिउड करिअर सूरु गरेकी थिइन् ।

५. करिना कपुर
दिदी झै करिना कपुरले पनि पढाइलाई महत्व दिइनन् । तर, उनले कक्षा १२ सम्मको पढाइ भने पुरा गरिन् । पछि उनले मिठीबाइ कलेजमा भर्ना गरिन् तर बलिउडले उनको पढाइ भंग गरिदियो । फिल्म ‘रिफ्युजी’ मा इन्ट्री पाएपछि उनले बलिउडमै आफ्नो ध्यान बनाइराखिन् ।

६. दीपिका पादुकोण
बलिउडकी सबैभन्दा महँगी नायिकाको रुपमा परिचीत यी अभिनेत्री पनि ग्रयाजुएट होइनन् । कक्षा १२को पढाइ सकेपछि उनले ब्याचरलको पढाईका लागि फर्म त भरिन् तर मोडलिङमा लागेपछि पढाइ अधुरै छोडिन् ।

७. आलिया भाट
बलिउडकी यी क्युट एक्ट्रेस पनि व्याचलरको पढाइ पुरा गर्न सकिनन् । आलियाले मुम्बइमा रहेको जमानाभाई नरसी स्कुलमा कक्षा १२ सम्मको पढाइ गरेकी थिइन् । तर, त्यस लगत्तै उनलाई फिल्म ‘स्टुटेण्ड अफ द इयर’ मा आएपछि उनले व्याचरलको पढाइ छोडिदिइन् ।

८. अक्षय कुमार
बलिउडका खेलाडी अक्षय कुमार एक्शन हिरोका रुपमा परिचीत छन् । उनले फिल्ममा सफलता पाएपनि पढाईमा भने पाउन सकेनन । उनले पढाइलाई बिचमै छोडेर बैंकक मार्शल आर्ट सिक्न गएका थिए । उनले अझै पनि आफुले सही निर्णय लिएको बताउँदै आएका छन् ।

९. आमिर खान
आमिर खान बलिउडका मिस्टर पर्फेक्सनिष्ट रुपमा परिचित छन् । तर यी बलिउड पर्फेक्सनिष्ट पढाइमा भने पर्फेक्सनिष्ट देखिएनन् । उनले १६ वर्षकै उमेरमा फिल्ममा काम गर्न थालेका थिए । त्यसपछि उनले ब्यचलरको पढाइ पनि पुरा गर्न सकेनन् ।

१०. ऐश्वर्या राय बच्चन
बलिउडको दुनियाँमा सबैभन्दा सुन्दर युवतीको रुपमा परिचित पुर्व मिस वल्र्डले आफ्नो पढाइ बिचमै छोडि दिएकी थिइन् । सानो उमेर देखिनै मोडलिङमा सोख राखेकी यी अभिनेत्रीले पनि पढाइतिर ध्यान दिन चाहिनन् ।