सलिन किन टाढिए झरनासँग ?

फिल्म ‘ए मेरो हजुर २’ले २ कलाकारलाई स्टार बनायो । अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो स्टारडम वृद्धि गर्न यो फिल्मको ठूलो हात रह्यो । यो फिल्मबाट अभिनेता सलिनमान बनियाँ पनि उदाए । पहिलो फिल्मबाट उनी स्टार बने । अब, यो फिल्मको तेश्रो सिरिज पनि बन्दैछ । ‘ए मेरो हजुर ३’ नाम राखेर निर्देशक झरना थापाले फिल्म बनाउने तयारी थालेकी छिन् । यो फिल्ममा सलिनमान नै हुने कुरा थियो । तर, अन्तिममा कुरा मोडिएको छ ।

अब, निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापाको क्याम्पबाट सलिनमान बाहिरिएका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र यो फिल्मको निर्माण टोलीविच छायांकनको समयदेखि नै सम्बन्ध सुमधुर नभएको चर्चा चलेकै हो । अब, सलिनमान पनि यो फिल्ममा नहुने भएपछि उनी र निर्माण टिमको सम्बन्ध विग्रिएको छ भन्ने चर्चा चल्न थालेको छ ।
सलिनमान निकै कम फोन उठाउँछन् । उनको फोन नउठाउने बानीले गर्दा नै धेरै जना चिडिएका छन् । फिल्म खेल्न खासै रुची नराख्ने सलिन किन झरनासँग टाढा भए ? सलिन टाढिएपछि झरना नयाँ हिरो खोजिरहेकी छिन् । उनले, सलिन नखेल्नुको कारण जे जे बताएपनि अहिले एस के थापा प्रोडक्शनसँग सलिनको सम्बन्ध राम्रो छैन भन्ने गाइँगुइँ हल्ला फिल्म वृत्तमा सुनिन्छ ।