छक्का पञ्जा ३मा दीपिका प्रसाईं फाइनल

सर्वाधिक सफल फिल्म छक्का पञ्जाको तेश्रो श्रृङखला मा ऐश्वर्य डेव्यु नायिका दीपिका प्रसाईं मुख्य नायिकाको रुपमा फाइनल भएकी छन् । अभिनेता दीपकराज गिरीको अपोजिटमा दीपिका छक्का पञ्जा ३ मा पक्का भएकी हुन् । स्क्रिप्टको माग अनुसार दीपिका फाइनल भएको निर्देशक दीपाश्री निरौलाले बताइन् ।

हामीलाई बोेल्ड एण्ड ब्युटिफूल लेडीको आवश्यकता थियो, निर्देशक निरौलाले फिल्ममा दीपिकाको भूमिका बारे भनिन्, स्क्रिप्टमा भएको यो गुण हामीले दीपिकामा देख्यौं । स्क्रिप्टको डिमान्ड र टिमको सहमती पछि छक्का पञ्जा ३ मा उनी भित्रिएकी हुन् । यसअघिका दई सिरिजमा दिपकको जोडी भएर प्रस्तुत भएकी नायिका प्रियंका कार्की भने छक्का पञ्जा ३ मा विशेष भूमिकामा प्रस्तुत हुनेछिन् । तेश्रो सिरिजमा दीपकको अपोजिटमा दीपिका भित्रिएकी हुन् । पुरुषोत्तम प्रधानले खिच्ने फिल्ममा दीपिका नयाँ रहेपनि, दीपक, प्रियंका, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ लगायत कलाकारहरु यथावत छन् । नायिकाद्वाय बर्षा राउत र स्वस्तिमा खड्का भने छक्का पञ्जा को तेश्रो सिरिजमा अटाएनन् ।

दीपकराजको कथा तथा पटकथा रहेको फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माले संगीत सृजना गर्दैछन् । कोरियोग्राफी कविराज गहतराजकै रहनेछ । संवाद दिपक, जितु, केदार यमन श्रेष्ठले लेखेका हुन् । निर्माताको रुपमा पुरुषत्तम प्रधान, सुमन गिरी भान्जा, निशान बजगाईं सहित दीपक दीपा, जितु, केदार छन् । फिल्मको छायाँकन यही बैशाख १७ देखि फिल्मको छायाँकन सुरु हुने दिपाश्रीको भनाई छ । पोखरा र दमौलीमा फिल्म खिचिनेछ । रिलिज दशैंलाई तोकिएको छ ।
फोटो: उत्सब रसाइली (रमाइलो छ)