बर्षाले झुट बोलिन् कि केशवले ?

अभिनेत्री बर्षा राउत फिल्म ‘यात्रा’मा अनुवन्धित भएर पछि सहमतीमा छाडेको खबर मिडियामा हप्ता दिन अगाडि भाइरल भयो । अभिनेत्री बर्षाले पनि आफूले फिल्म साइन गरेको तर एक विज्ञापनमा फिल्मको टिमले काम गर्न नदिएपछि छाडेको बताइन् । बर्षाले अभिनेता सलिनमान बनियाँसँग रोमान्स गर्न किन मानिनन् भन्ने खालका खबर छापिए । बर्षाले यो फिल्म छाडेको खबर सार्वजनिक भैरहँदा यसका निर्माता केशव भट्टराइले भने यसमा अनविज्ञता जनाएका छन् । केशवले बर्षाको बिषयमा आफूहरुले केही पनि नबोलेको बताए । उनले, बर्षा न कुनै दिन यो फिल्ममा आवद्ध थिइन् न त कुनै दिन निस्किइन् भन्दै प्रतिक्रिया दिइन् । यसैले, बर्षाको बिषयमा आफूले केही पनि बोल्न नचाहने केशवको तर्क थियो ।

बर्षा राउतले फिल्म गर्न लागेपनि छाडेको भन्ने, निर्माताले उनी कहिले पनि टिममा थिइनन् भन्ने । आखिर, कसको कुरा सही होला ? कि, बर्षाले फिल्म नै साइन नगरी आफूलाई चर्चित बनाउन सलिनसँगको फिल्म गर्न लागेको हल्ला पिटाएकी त होइनन् ? कि, निस्किसकेकी अभिनेत्रीको नाम लिन निर्माताले नै नचाएका हुन् । यदि, निर्माताले नचाहेको हो भने बर्षा र उनीविच ठूलै असमझदारी रहेको वुझ्न सकिन्छ ।