निशाको स्वामी भक्ति

निशा अधिकारीलाई उद्योगमा ‘सर्ट टेम्पर्ड’ अभिनेत्री मानिन्छ । आफू प्रतिकुल कुरा भयो कि सकै मुखैमा नत्र फेसबुकमा भए पनि प्रतिक्रिया जनाइहाल्छिन् । तर कसैले उनलाई यो कुरा सम्झाइदिए जस्तो छ । त्यसैले पछिल्लो समय उनलाई गुरुहरुको संगतमा देख्न थालिएको छ ।

क्रिकेटर शरद भेषवाकरसँग विवाह बन्धनमा बाँधिनुअघि निशालाई नेपालको ओशो तपोवन आश्रममा देखिएको थियो । ओशो जयन्तीको अवसरमा भएको कार्यक्रममा शरद र निशा दुवैजना स्वामी आनन्द अरुणसँग आशिर्वाद लिन गएका थिए ।
यतिबेला निशा अमेरिकाको डिसीमा छिन् । ‘झ्यानाकुटी’ रिलिज भए लगत्तै अमेरिका हान्निएकी निशा बच्चालाई अमेरिकी नागरिक बनाउने अभिप्रायले उतै बसिरहेको अनुमान गरिएको छ । तर यही बेला उनलाई पति शरदसँगै अर्का स्वामीसँग देखिएको छ । निशाले इन्स्टाग्राममा सार्वजनिक गरेको तस्बिरमा निशा र शरदलाई भारतीय धर्मगुरु रविशंकरसँग देखिएको छ ।
आशा गरौं, स्वामीको संगतले निशामा व्यापक परिवर्तन आओस् । बात बातमा रिसाउने निशामा आइन्दा धर्मगुरुको गुण सरेको महसुस गर्न पाइयोस् ।