‘द डार्कनेस बेकन’भित्र भूकम्प पिडा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/the_zE5IXT0Eyn_iy3mhhl4q6rp1dkzx1ru04eozoznfwtbx1ugkdmaplnzdnw71afqkvtjhukd_jgCDv9Zxr9_k0jq5p8lrmdqfmvstfkfegxqrkg20ugjij6ltry6ytp7ydskemkjoqa9nwbq.jpg)
फिल्म ‘द डार्कनेस बेकन’को ट्रेलर र गीत सार्वजनिक भएको छ । तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको जीवनमा आएको उतारचढावलाई फिल्मको मुख्य विषय बनाइएको छ । राजधानीमा बुधबार पत्रकारमाझ फिल्मको ट्रेलर र गीत सार्वजनिक गरिएको हो । फिल्मका निर्देशक पवन केसीले भूकम्प पछि यसले मानिसमा पारेको प्रभावका विषयमा अध्ययन गर्दा चेलिबेटी वेचविखन समस्या प्रमुख रुपमा पाएको बताए । ‘त्यसकारण यही विषयलाई फिल्ममा देखाउन सके एक हिसाबले समाजमा चेतना फैलाउन सकिन्छ भन्ने लाग्यो । यो फिल्मले भूकम्पपछि सिन्धुपाल्चोकको विकट गाउ तौथलीमा भूकम्पपीडित सन्ध्या पात्रको जीवनमा आएको उतारचढावलाई कथात्मक रुपमा हामीले प्रस्तुत गरेका छौं,’उनले भने, ‘भूकम्पमा आमाबाबु गुमाएपछि काकाकाकीको पालनपोषणमा रहेकी सन्ध्या प्रलोभनमा परेर काकाबाट कसरी बेचिन्छिन् भन्ने दर्दनाक कथालाई फिल्मले देखाउनेछ ।’
फिल्मका कार्यकारी निर्माता राजेश रिजालले भूकम्प पछिको क्रन्दनलाई फिल्ममा देखाउन खोजिएको बताए । ‘भूकम्पकै कथाको फिल्म भएर हामीले भूकम्प गएकै दिनको सम्झनामा वैशाख १२ मै कार्यक्रम राखेका हौं ।’ निर्माता रिजालले भने ।
फिल्मकी प्रमुख कलाकार मरक्युरी श्रेष्ठले फिल्ममा काम गर्दा शुरुमा असजिलो लागे पनि पछि सहज भएको बताइन् । कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, पूर्व अध्यक्षद्वय रमेश बुढाथोकी र रविन्द्र खड्काले फिल्मले गहन विषय उठान गरेकाले दर्शकका लागि रुचीकर हुने बताए । निर्देशक केसीकै कथा, पटकथा, संवाद रहेको फिल्ममा मरक्युरी श्रेष्ठ, प्रल्हाद खरेल, पवन केसी, अस्मिता बस्नेत, शान्ति बस्नेत, सुजता श्रेष्ठ, बैदार लामालगायतको अभिनय छ । राजेश रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा अशोककुमार बस्नेतको छायांकन, राजेशकै गीत र संगीत र सन्देश परियारको सम्पादन छ ।
![‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/pradip%2520and%2520puru_bGbkrVogPB_73wkyw2ukpsd84cthgdw0wfuaybk3glhxdv8ztqgatphouyidbmwzkp7ko9n_8TqCFYa5ke_gtq0nioky0ad0fmdncfgifuildcwpru4cekgae3ckaoo2gnqgyl6ox2axlmc.jpg)
‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?
![सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’](https://snowberry.prixacdn.net/media/gallery_folder/life%2520damage_3fkzDgGw1L_1cblahgjnqs45hwbo9n3hlyyqisl0qu3mllmgc5o0lipqqx2t1shqjohhtkb_qGnvn5KUJc_amgeqqx076upjwcyddkxn6nbcy7iybdzsr4ygb4hzrju9buexzz1gv5svqkp.jpg)
सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’
![लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?](https://snowberry.prixacdn.net/media/gallery_folder/priyanka%2520karki_9YEaNd6EVu_eqev7dnunewmt8xcfjogu8tv0dmcqrhvutyk03t6n6jh0pcp31psronxlutf_IjjeFXGGT8_ileg4si5h0iyieb6aekzuomuybsfgetdcqsxkho3k50snhopemdl6bnmvegy.jpg)
लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?
![‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो](https://snowberry.prixacdn.net/media/gallery_folder/balidan%2520movie_JY5jgyULiz_ldicnyus1q89vvmcwe3jddgoxmrem4c8ixrlnswftc1yeysko11bbswpljjm_hCGi10pA7m_ud3u3lwclmhvtqzrlkil6ylypnil6w3sma1aenfpni6kcv48dcngiiqeeuvw.jpg)
‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो
![लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति](https://snowberry.prixacdn.net/media/gallery_folder/dinesh%2520dc%2520and%2520ligden_aaIK7zxMJ2_2i4iyzahmookpdqrwsavubrxzjtynw3cpnqh4kzuaafpznlxoqpocucdktzj_qtb8vMUI60_hb99rdmpn9vyvfih4xistvi8b78jvznrltsmdwcxkpjiw8cu7n28ei7tnupm.jpg)
लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति
![वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा](https://snowberry.prixacdn.net/media/gallery_folder/sahu%2520ba_6EUvUb8w4z_txyzieeolhmvkgywbpjc6jxlcbarhbysvuhvnnlvaen6bhnsme7xhdulzljn_d6KtlyHxFU_tvwbyx0xsk9qx9vz6ml66ktxclbxktelssejy3ntn184ro1vzmh1sdnu5dzl.jpg)
वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा
![चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/joi%2520sab%2520shoot_Gcb4r5jlRd_mc9woqt2ozdfhglx1kn8gkddxrnx6eawsjsnimzkgbtgzqdlizgdhdmvouzr_N5uKxtGpJt_hptg0u84ngeofnt5qmy6vr6qjkvxvtxw3rdtvv0qkyzhmevxdlx1gl4mubz2.jpg)
चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु
![के ‘फर्की फर्की’ ब्लकबस्टर हुने दौडमा देखिएको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/anmol%2520craze_t831Dvo0YI_6zv8uygzje4hhjl6af7h5s5gm3enfrsfitunzofpqlxfwmwjf3ynffuruaoz_QEmu8yULTl_qymeo2t8v7iuhirdn7sltjqw4nd83g69skz1qlibhujsk4njalg71mxuj2hl.jpg)
प्रतिक्रिया