‘मेरो बायोपिक चल्दैन’-रणवीर


संजय दत्तको जीवनमा आधारित फिल्म संजुको टिजर रिलिज भएको छ । रणवीर कपुरको अभिनय रहेको यस फिल्मको टिजर रिलिज कार्यक्रममा रणवीरलाई गरिएको एक प्रश्न ‘तपाइँको बायोपिक बन्यो भने ?’ भन्नेमा उनले आफ्नो फिल्म सुपरफ्लप हुने बताएका छन् ।

मलाइ कुनै दुख छैन यदि कसैले मेरो बायोपिक बनाउछ भने  । तर मलाई थाहा छ कि त्यो फिल्म चल्दैन । किनकि मेरो जिन्दगीमा खासै एक्साइट केहि भएको छैन । म एकदम बोरिंग किसिमको व्यक्ति छु । त्यसैले मलाइ लाग्छ मेरो बायोपिक चल्दैन ।