अभिषेकलाई छोरीको सरप्राइज


बलीउड एक्टर अभिषेक बच्चन केहि समय यता फिल्म मनमर्जियाको सुटिंगको क्रममा काश्मिरमा थिए  । अनुराग कश्यपको फिल्मको सुटिंग सकेर उनी मुम्बई फर्किएका छन्  । घर फर्किदा अभिषेककी ६ बर्षीय छोरी आराध्याले उनलाई सरप्राइज दिएको कुरा सामाजिक संजाल मार्फत अभिषेकले जानकारी गराएका छन्  ।

दुइ महिनापछी अभिषेक आफ्नो अफिस पुग्दा उनलाई एउटा नोट प्राप्त भयो जहाँ ‘आइ लव यु पप’ लेखिएको थियो  । उक्त नोटले उनलाई भावुक बनायो र उक्त फोटो सामाजिक संजालमा राख्दै उनले लेखे ‘जब कोहि २ महिनापछी अफिस जादै छ र उनका लागि छोरीले एउटा नोट छोडेकी छन् र ह्यास्ट्यागमा उनले छोरीलाई संसारकै उत्कृष्ट छोरी समेत भनेका छन्  ।