अनुष्का शर्मा आइपीएल हेर्न बेंगलोरमा


अनुष्का शर्मा ‘जिरो’ को सुटिंग ब्रेक गरेर बेंगलोर आइपुगेकी छन् । विराटसंग आफ्नो ३० औ जन्मदिन मनाउन आएकी उनी हिजो आइपीएल हेर्न पुगिन् । हिजो भएको रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नाई सुपर किंग्सको खेलमा उनी उत्साहित हुदै खेल हेरेको तस्विर सार्वजनिक भएको छ ।


अनुष्का फिल्म जिरोको सुटिंगमा ब्यस्त छिन् भने विराट आइपीएल म्याचमा । यी जोडी एक अर्कासंग अत्यन्तै कम समय संगै बिताउन पाउछन् । १ मे अनुष्काको जन्मदिन भएकोले यो समय उनी आफ्ना पतिसंग बिताउन चाहन्छिन । २४ अप्रिलमा बेंगलोर आएकी अनुष्का जन्मदिन सकिना साथ सुटिंग मै फर्किने छिन । १ मे मै रोयाल च्यालेन्जर्स बेंगलोरसंग मुम्बई इन्डियन्सको गेम रहेको छ । फिल्मको सुटिंग र क्रिकेटको कारण यी दुइले साथमा समय बिताउन पाईरहेका छैनन् ।