अरुलाई गाली गर्नुअघि आफ्नो ऐना पनि हेर्ने कि उमाजी

कलाकार तथा निर्मात्री उमा बेबीले राजधानीमा आयोजना भएको पत्रकार सम्मेलनमा निर्देशक सविर श्रेष्ठलाई ‘स्वार्थी’ भन्न समेत पछि परिनन् । निर्देशक श्रेष्ठले फिल्मको काममा मतलब नगरेको भन्दै निर्मात्रीले उनलाई आफ्नो दायित्व समेत सिकाइन् ।
सविरले फिल्मको छायांकनमा पनि जानकारी नै नदिई हिडेको, फिल्मको सम्पूर्ण काम नसकेको भन्दै उनी आक्रोशित भइन् । उमा बेबी यसरी आक्रोशित भैरहँदा सविर भने कार्यक्रममा उपस्थित थिएनन् । उनले, फोनमा आउछु आउछु भन्दै बताएपनि आएनन् । निर्देशक श्रेष्ठले फिल्मको जिम्मा लिइसकेपछि त्यसलाई हलमा ल्याउने काम पनि गर्नुपर्छ । निर्देशकको धर्म फिल्मको छायांकन सक्नु मात्र होइन ।

उमाको निर्माणमा सविरले फिल्म ‘कहि कतै’ निर्देशन गरेका छन् । तर, फिल्म निर्माता र निर्देशकको असमझदारीकै कारण ढिलो रिलिज हूँदैछ । निर्मात्री उमाले सविरलाई गाली गर्दै गर्दा उनले किन काममा ध्यान दिएनन् भन्ने पनि बुझ्न आवश्यक छ । खबरअनुसार, फिल्ममा उमा आफै हाबी हुन थालेपछि सविर विच्किएका हुन् । यो फिल्ममा उमाकी छोरी सिवानी गिरी मुख्य भूमिकामा छिन् । तर, उमाले अभिनेता किशोर खड्कासँग रोमान्स गर्न भ्याएकी छिन् । यूवापुस्ताको फिल्ममा उमाले आफ्ना दृश्य थप्न थालेपछि सविर टाढिएका हुन् ।
नेपालमा निर्माता निर्देशकमाथि हाबी हुने प्रचलन नौलो होइन । तर, ‘कही कतै’मा सविरले पनि आफ्नो निर्देशकिय धर्म छाडेका छन् भने उमाले आफ्नो पर्दामा देखिने चाहनालाई हाबी बनाउन खोज्दा कुरो विग्रिएको बुझिन्छ ।