‘कहीँ कतै’को गीत ‘झ्वाइयँ झान’ सार्वजनिक

फिल्म ‘कहीँ कतै’को गीत ‘झ्वाइयँ झान’ सार्वजनिक भएको छ । काठमाडौं म एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा गौरव दर्पणको शब्द, सचिन सिंहको संगीत रहेको छ भने सचिन सँगै सिर्जना सिलालको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । उमा फिल्म्स प्रालीको प्रस्तुती रहेको फिल्ममा नव नायक सोनाम बर्फुङ्पा र नव नायिका सिवानी गिरीको मुख्य अभिनय रहेको छ ।

सबिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म उमा बेबीले निर्माण गरेकी हुन भने डोमिनिक सभियो डिसुजाको सह-निर्माण रहेको छ । फिल्ममा बाबु श्रेष्ठको छायाङ्कन, रोशन श्रेष्ठको द्वन्द, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत र कमल राई र कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्म यही देखी प्रदर्शनमा आउँदै छ ।