फिल्म ‘रोजी’मा प्रदिप र पर्मिताको जोडी पक्का

गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘रोजी’मा नायक प्रदिप खड्काको जोडीका रुपमा नायिका पर्मिता आरएल राणा देखिने पक्का भएको छ ।

यसअघी फिल्ममा प्रदिपको जोडीको रुपमा नायिका मिरुना मगर फाइनल भएको चर्चा थियो । तर अब भने प्रदिप सँग पर्मिताले स्क्रीन सेयर गर्ने छिन् । फिल्ममा प्रदिप र पर्मिताका अलावा कर्मा शाक्य बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ लगायतको अभिनय रहनेछ ।निरक पौडेलले निर्देशन गर्ने रोजीमा आयरा पौडेल र आरोही केसीको निर्माण रहनेछ । फिल्ममा राजु बिक्रम थापाको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहनेछ ।