धुुर्मुस सुन्तलीले लिए १ सय २५ जना बालबालिकाको अभिभावकत्व जिम्बेवारी

- मेराेफिल्म

महोत्तरी गौशाला ७, मनहर्वाका १ सय २५ जना विद्यालय जाने उमेर पुगेका बालबालिकाहरुलाई धुुर्मुस सुन्तली फाउण्डेसनले सामुदायिक विद्यालयमा भर्ना गराएका छन ।

बिहीवार फाउण्डेसनकी उपाध्यक्ष एवम हाँस्य कलाकार समाजसेवी कुञ्जना घिमिरेले सो वस्तीका मुसहर समुदायका बालबालिकाहरुलाई नजिकै रहेको नेपाल जनजाति आधारभुत विद्यालयमा भर्ना गराएकी हुन । रोग, शोक र भोकको कारण विद्यालय जानबाट बन्चित रहेका सो वस्तीका बालबालिकाहरुहरु विद्यालय गएपछि स्थानियहरु हर्षित भएका छन । बस्ति छेउमै विद्यालय भएतापनि उमेर पुगेका बालबालिकाहरुहरु विद्यालय नगई अरुको बारीमा गई मुसा मार्ने, बालश्रम गर्न वाध्य हुने गरेको बस्तीकी बयोबृद्ध दुखी सदाले बताएकी छिन् ।

 

२०७५ वैशाख १३ गते २२:१९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *