टाईगरको बिषयमा ज्याकी चिन्तित


बलिउडका एक अनुभवी एक्टर हुन् ज्याकी श्रफ । उनी आफ्नो छोराछोरीको करियरको बारेमा धेरै चिन्तित रहने गर्छन् । तर पछिल्लो समय एक इन्टरभ्युमा उनले आफ्नो छोराको तारिफ गरेका छन् । उनले आफ्नो छोराको ट्यालेन्ट प्रति आफू बिस्वस्त रहेको तर टाईगरले ज्यादा एक्सन फिल्म गर्ने भएकोले कहिलेकाहि उसलाई चोट लाग्छ कि भनेर चिन्तित हुने बताए । तर उनलाई स्टन्ट गर्नबाट आफूले नरोक्ने पनि बताए ।

टाईगरले बागी, बागी २, हिरोपन्थी लगायत धेरै एक्सन फिल्म गरिसकेका छन् । टाईगरको फिल्म बागी २ ले १५५ करोडभन्द ज्यादा कलेक्सन गरिसकेको छ । ज्याकीका अनुसार टाईगरले बाच्चादेखि नै मार्सल आर्टको ट्रेनिंग लिएको हुनाले उनी कन्फिडेन्ट छन् ।