रणवीर आलिया एउटै कारमा


रणवीर कपुर फेरी पनि लिंकअपको कारण चर्चामा छन् । महेश भाटकी छोरी एक्ट्रेस आलिया भाटसंग उनको निकटता बढ्न थालेको खबर आएको छ । बुधबार यी दुई डाइरेक्टर जोया अख्तरको पार्टीमा गएका थिए । त्यहाँबाट राती संगै निस्किएर एउटा  कारमा घर फर्किए । मिडियाकर्मीले कुरा गर्न खोज्दा दुबै बोल्न चाहेनन् । डाइरेक्टर अयान मुखर्जी को फिल्म ब्रम्हास्त्रमा यी दुइलाइ संगै देख्न पाइने छ ।