प्रियंका जी कुन फिल्म हेर्न दर्शक बोलाउनु हुन्छ ?

प्रियंका कार्की अभिनित फिल्म शत्रुगते र लिली बिली अझै हलमै छन र राम्रो दर्शक पाइरहेका छन । यसै बिच आजबाट दुई फिल्म ह्याप्पी डेज र कोहलपुर एक्स्प्रेस पनि थपिएका छन । दर्शकलाई दोधार यो छ कि प्रियंकालाई हेर्न त हेर्ने तर कुन फिल्ममा ?

प्रियंकालाई हेर्न दर्शक आउँछन र ओपनिङ राम्रो हुन्छ भन्ने सोच बोकेकी प्रियंकालाई पनि दोधार पक्कै छ दर्शकलाई बोलाउन त बोलाउने तर कुन फिल्म हेर्न बोलाउने ? उनले सार्वजनिक रुपमै भन्न थालेकी थिइन कि जती अनुरोध गर्दा पनि ह्याप्पी डेजका निर्माताले फिल्म रिलिज सार्न मानेनन भनेर । सबै निर्माताले उनी माथि लगानी गरेका छन । दर्शकलाई हलमा फिल्म हेर्न बोलाउनु उनको कर्तब्य बन्छ । तर यहाँँ कुरो अर्कै छ । एउटा फिल्म भएपो यो फिल्म हेर्न आउनुस् है भन्ने तर ४ वटा छन, कुन हेर्न बोलाउने ? हामीले यसको निस्कर्श निकाल्न सकेनौ अनी प्रश्न प्रियंकालाई नै गर्यौँ, प्रियंका जी कुन फिल्म हेर्न दर्शक बोलाउनु हुन्छ ?