को हुन् सोनम कपुरका हुनेवाला पति ?


बलिउड एक्ट्रेस सोनम कपूर छिट्टै विवाह गर्दै छिन् । उनी नयाँदिल्लीको बेस्ट बिजनेस म्यान आनन्द आहुजासँग विवाह बन्धनमा बाधिदै छिन । आज हामी सोनामको हुने वाला पति आनन्दको बारेमा बताउने छौ । करिब ३००० करोड प्रोपर्टीका मालिक हुन् आनन्द अहुजा । उनी क्लोदिंग ब्रान्ड भानुका अनर रहेका छन् । सोनामलाई पनि यो ब्रान्डको आउटफिट्स लगाउन मन पर्छन् ।

आनन्द आफ्नो फेमिलि बिजनेस शाही एक्सपार्टसका पनि एमडी हुन् । आनन्दले आफ्नो पढाई दिल्लीको अमेरिकन एम्बेसीबाट गरेका हुन्, भने फरदर स्टडीको लागि उनी यूएस गएका थिए । यूएसमा उनले हार्टन बिजनेस स्कूलमा,पेन्सिलभान्यामा पढेका थिए । उनको पासमा एमबीएको पनि डिग्री रहेको छ । पढाई पूरा गरिसकेपछि आनन्दले २०११ मा अमेरिकाको अमेजन कम्पनीमा बतैर प्रडक्टको म्यानेजर भएर काम गरेका थिए । यहि साल उनले इंन्डियाको पहिलो शू स्टोर खोलेका छन् । यो स्टोरको नाम वेज नान वेज हो ।

सोनामकी साथी प्रेरणा कुरेशी आनन्दको पनि एकदमै मिल्ने साथी थिइन् । प्रेरणाकै कारण आनन्द र सोनम साथी भएका हुन् । आनंदले सोनमलाई २०१४ मा प्रपोज गरेका थिए । प्रपोज एक्सेप्ट गर्न सोनामले केहि महिना लगाएकी थिइन् । प्रपोज एक्सेप्ट गरेपछि सोनामले आनन्दको साथ यूरोप टुर गरेकी थिइन् । उनीहरु होलिडे इन्जोई गरिरहेको फोटो सोशल मिडियामा भाईरल भएको थियो ।

आनन्दलाई बास्केटबल एकदमै मन पर्छन् । उनी आफै पनि लस एन्जल्स लेकर्स टिमका खेलाडी हुन् । आनन्दलाई शूज कलेक्ट गर्न मन पर्छ । उनको पिताको नाम सुनील अहुजा हो भने माताको नाम बीना अहुजा रहेको छ । उनको दुई भाई अनन्त र अमित रहेका छन् । र उनको एक बहिनी प्रियदर्शिनी पनि रहेकी छन् भने आनन्द बलिउड एक्ट्रेस सोनाम कपूरसँग छिट्टै विवाह बन्धनमा बाधिदै छन् ।